मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चलचित्र क्षेत्रका हस्ती बीएस राणा रहेनन्

चलचित्र क्षेत्रका हस्ती बीएस राणा रहेनन्


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित हस्ती कलाकार बीएस राणाको शुक्रबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । 
 
उनको उपचारका क्रममा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिए । 
 
जीवनकालको करिब ३० वर्ष बेलायतमा बसेका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गरेका थिए । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय सुरु गरी दर्जनौँ चलचित्रमा अभिनयसमेत गरेका छन् । 
 
उनले अभिनय गरेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनाँै टेलिचलचित्र रहेका छन् । 
 
काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा राणा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनको श्रीमती र तीन छोरी हुन् । उनको छोराको भने केही वर्षअघि नै निधन भइसकेको छ । 
 

शेयर गर्नुहोस:

0
Shares