रसुवा । मंगलबार रातिदेखि परेको हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो । चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत…