नेपाल

धरानमा उपचार गर्न आएका एक बिरामीमा कोरोना भाइरस सङ्क्रमणको आशङ्का

धरानमा उपचार गर्न आएका एक बिरामीमा कोरोना भाइरस सङ्क्रमणको आशङ्का


धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशङ्कामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ । 
 
उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौँ पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए । 
 
उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए । 
 
धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शङ्का गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उनलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए । 
 
प्रतिष्ठानमा उक्त भाइरस भए नभएको परीक्षण गर्ने किट छैन् । प्रतिष्ठानले बिहीबार नै अस्पताल निर्देशकको संयोजकत्वमा १२ सदस्यीय ¥यापिड रेस्पोन्स टिमसमेत बनाएको छ ।