मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीनसहित १० थुनिए

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डीनसहित १० थुनिए


हेटौँडा । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका डीनसहित १० जनालाई विश्वविद्यालयकै सेमिनार हलमा थुनेर तालाबन्दी गरेका छन् ।
 
उनीहरुले डीन बलराम भट्ट, सहायक डीन वासुदेव पोख्रेल र भर्ना छनोट समितिका सदस्यसहितलाई थुनेका हुन् ।
 
विश्वविद्यालयले मेरिट पूर्व जानकारी बिनानै प्रवेश परीक्षा लिएको र परीक्षामा कम अङ्क आएकालाई भर्ना लिएर बढी अङ्क ल्याउने विद्यार्थीलाई निजी विद्यालयमा जान बाध्य बनाएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष अङ्कित खतिवडाले बताए । 
 
चालीस दिनदेखि धर्ना दिएर आन्दोलन गर्दै आएको बताउँदै विद्यार्थीको समस्या समाधानका लागि विश्वविद्यालयको तर्फबाट कुनै पहल नभएपछि आज डीनसहितको टोलीलाई तालाबन्दी गरेर राखेको उनको भनाइ छ । 
 
समस्या समाधानका लागि पहल चाल्ने प्रतिबद्धताका आधारमा मात्र ताला खोली दिने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिपेन्द्र कोइरालाले बताए । डीनसहितको मिलेमतोमा पैसाको चलखेलका आधारमा विद्यार्थीलाई भर्ना लिइएको उनको आरोप छ । 
 

शेयर गर्नुहोस:

0
Shares