लहान । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको बताएका छन् ।
सो पार्टीले आज सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरेको आमसभामा अध्यक्ष डा राउतले भने–“आफू कुनै रहरले राजनीतिमा आएको होइन, मधेसको परिस्थितिका कारण आएको हुँ ।”
मधेसका समस्याहरु अहिले पनि ज्यूँको त्यूँ’ रहेकाले राजनीतिबिना विकास र मधेसको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको डा राउतको भनाइ थियो ।
समृद्ध मधेसको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेसी जनताको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनले बताए ।
मधेस आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेस केन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागिमात्र राजनीति गरिरहेको आरोप उनको थियो ।








प्रतिक्रिया