विराटनगर। प्रदेश नं १ सँग जोडिएको सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ मा १८ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो…