मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा एक सुत्केरी महिलाको कोरोना भाइरसबाट मृत्यु

नेपालमा एक सुत्केरी महिलाको कोरोना भाइरसबाट मृत्यु


काठमाडौँ । नेपालमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकी एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
 
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शनिबार बेलुकी अद्यावधिक गरेको विवरणअनुसार ती महिलाको मृत्यु कोरोना भाइरसकै कारण भएको जनाएका छन् । 
 
ती महिलाको धुलिखेल अस्पतालमा उपचाररार्थ ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् ।
 
२४ गते नर्मल डेलिभरी भएपछि २५ गते डिस्चार्ज भएकी थिइन् । घरमा पुगेपछि ज्वरो आउने समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।
 
धुलिखेलमा उनको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
 
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना भएको बताएको छ ।
 
नेपालमा शनिबार दुई सैनिक जवानसहित ११ जनामा कोरोना संक्रमण देखिएको छ । यससहित कोरोना संक्रमितको संख्या २७८ पुगेको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।