मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालका २८ जिल्लामा कोरोना संक्रमण फैलियो

नेपालका २८ जिल्लामा कोरोना संक्रमण फैलियो


काठमाडौँ । नेपालमा कोभिड–१९ का सङ्क्रमित पछिल्ला दिनमा ह्वात्तै बढेको छ । नेपालमा हालसम्म कोभिडबाट सङ्क्रमित २९५ जना छन् तीमध्ये २३८ महिला र ५६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
 
हाल देशका २८ जिल्लामा कोभिडको सङ्क्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । 
 
उनका अनुसार प्रदेश नं १ मा ३९, प्रदेश नं २ मा १२१, बाग्मती प्रदेशमा १७ (एकको मृत्युसहित), गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा १०९ र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् । 
 
कोभिडका सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको पनि मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा विसं २०७६ माघ ९ गते पहिलोपटक एक पुरुषमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि चैत १० गते विदेशबाट आएकी एक महिलामा कोभिडको सङ्क्रमण देखिएको थियो ।
 
नेपालमा हालसम्म २८ हजार १६० जना कोभिडका सङ्क्रमितको पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार पिसिआर विधिबाट २८ हजार १६० र आरडिटी विधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । गत २४ घन्टामा एक हजार ४६९ पिसिआर विधिबाट र आरडिटी विधिबाट दुई हजार २० को परीक्षण भएको छ ।
 
हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १८ हजार ३५७ रहेको छ । अहिलेसम्म आइसोलेसनमा ३४६ रहेका छन् । यीमध्ये उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३१४ छन् । प्राप्त तथ्याङ्कअनुसार रेडजोनमा पर्नेको सङ्ख्या ३८२ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
 
त्यसैगरी स्वमूल्याङ्न फारम भर्नेको सङ्ख्या ३९ हजार ५९८ रहेको छ । पछिल्लो २४ घन्टामा एक हजार ६४१ जनाले आफ्नो स्वास्थ्यका बारेमा विवरण भरेको मन्त्रालयले जनाएको छ ।