मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

लकडाउन जेठ २० गतेसम्म थप्ने मन्त्रिपरिषद्‍को निर्णय

लकडाउन जेठ २० गतेसम्म थप्ने मन्त्रिपरिषद्‍को निर्णय


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी राख्ने भएको छ ।
 
मन्त्रिपरिषद्को आइतबारको बैठकले जेठ २० गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । सरकारले थप गरेको पछिल्लो लकडाउन भोलि सोमबार सकिँदै थियो । 
 
आइतबार बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिले लकडाउन थप १५ दिन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो । 
 
आइतबार कोरोना संक्रमणका कारण बाँकेका २६ वर्षीय युवकको मृत्यु भएपछि सरकारले लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
 
यसअघि हिजो शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 
 
आइतबार लकडाउनको ५५औं दिन हो । पछिल्लो समय कोरोना संक्रमित बढिरहेका छन् । आइतबार बेलुकी अद्यावधिक गरिएको विवरणअनुसार कोरोना भाइरसबाट २९५ संक्रमण देखिएको छ ।
 
जसमा ३६ जना निको भएका छन् । भारतले पनि मे ३० सम्म लकडाउन जारी राखेको छ । 

शेयर गर्नुहोस:

0
Shares