मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार चारसहित कोरोना संक्रमित २९५ पुगे

आइतबार चारसहित कोरोना संक्रमित २९५ पुगे


काठमाडौँ । नेपालमा आइतबार चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो ।  
 
नयाँ सङ्क्रमित हुनेहरुमा धनुकटा निवासी ३४ वर्षीया महिला, मोरङ विराटनगरका निवासी २९ वर्षीया महिला र सोही ठाउँका ३६ वर्षीय पुरुष रहेका छन् । 
 
बाँकेमा आइतबार २५ वर्षीय एक युवाको मृत्यु भएको थियो । मृतकको स्वाब परीक्षणका क्रममा संक्रमण देखिएसँगै संक्रमितको संख्या २९५ पुगेको छ । 
 
यसअघि शनिबार रौतहटका १० जनामा कोराना भेटिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र निजहरु स्वास्थ्यकर्मीका सम्पर्कमा रहेका छन् ।
 
नेपालमा कुल दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।