रोल्पा । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजिक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा…