मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पहिराले सवारी साधन बगाउँदा दुईको मृत्यु

पहिराले सवारी साधन बगाउँदा दुईको मृत्यु


पाल्पा । तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ  ।
 
तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजिकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । 
 
पाल्पाबाट गुल्मी जाने सवारी साधन ट्याङ्कर र ट्रक पहिराले बगाएको हो । हालसम्म मृतकको परिचय र सवारी साधनको नम्बर खुल्न सकेको छैन । 
 
पहिराले बगाएका सवारी साधनमा कति यात्रु सवार रहेको भन्ने जानकारी आउन नसकेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५ का प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । बगाएका गाडी भीरमा अडकिएका छन् ।
 
घटनाको जानकारी पाएसँगै प्रनाउ गिरीको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा खटिएको छ । सो क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । रासस
 

शेयर गर्नुहोस:

0
Shares