रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । …