काठमाडौँ । नेपालमा आइतबार थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । …