काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५८६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४० महिला र ५४६ पुरुष रहेका छन् । नेपालमा शुक्रबार ४४८, शनिबार २७३, आइतबार ४२५, सोमबार ५५१ र मंगलबार ३८० जनामा संक्रमण पुष्टि भएको थियो…