मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

एकैदिन थप ४२१ सहित ९०२६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

एकैदिन थप ४२१ सहित ९०२६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ४२१ जनामा संक्रमण देखिएको हो । 
 
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । जसमा ६४ महिला र ३५७ पुरुष छन् । 
 
यो सँगै सङ्क्रमितको सङ्ख्या ९०२६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ पुरुष रहेका छन् । 
 
नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म देशका ७५ जिल्लामा कोभिड–१९ सङ्क्रमित भेटिएका छन् ।
 
नेपालमा हालसम्म २३ जनाको मृत्यु भएको छ । आइतबार थप एक व्यक्तिको कोभिड–१९ सङ्क्रमितका कारण मृत्यु भएको छ । योसँगै कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको मन्त्रालयले जनाएको छ । आइतबार मृत्यु हुनेमा गुल्मी क्षत्रकोट
 
गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीया पुरुष रहेका छन् । उनी प्यारालाइसिसको उपचारका लागि भारत गएर फर्किएको र घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।
 
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा आठ महिलासहित थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १७७२ पुगेको छ । 
 
पछिल्लो २४ घन्टामा देशभरका २२ वटा प्रयोगशालामा ६ हजार ८०० गरी आइतबारसम्म पिसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट दुई लाख ६२ हजार १७४ नमुनाको परीक्षण गरिएको छ ।
 
देशभर ९४ हजार ९२८ जना क्वारेन्टाइनमा र ७२३१ जनाको आइसोलेसनमा उपचार भइरहेको प्रवक्ता प्राडा गौतमले जानकारी दिए । 

शेयर गर्नुहोस:

0
Shares