काठमाडौँ । जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायका आधारभूत सिद्धान्तलाई आत्मसात् गरी पीडितलाई केन्द्रमा राखेर विश्वसनीय बनाई शान्ति प्रक्रियाको काम पूरा गर्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाईंले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पीडितलाई न्याय दिने विषयमा पारदर्शी तरिकाले दुवै आयोगले काम गरी अधुरो रहेको शान्ति प्रक्रियालाई पूरा गर्न सरकारसँग अपिल गरिएको छ ।…