मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप ७२२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ७२२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजारको स्वास्थ्य परीक्षण गर्दा ३१० महिला र ४१२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  दुई लाख ५५ हजार २३६  पुगेको छ । पछिल्लो समय थप ९६६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार ७०९ पुगेको छ । निको हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

अहिले देशभर सात हजार ७२९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४१३ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी सात हजार ७२९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म  १८ लाख ८४ हजार १८१ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ७९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।