मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन माग

सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन माग


काठमाडौँ । प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् ।  

सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ । 

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताए ।  

उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी थिए । रासस