मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताएका छन् ।  
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ओलीले मुलुक अहिले ठीक बाटोमा अघि बढिरहेकाले लोकतन्त्र र संविधानलाई तलमाथि हुन नदिइने प्रष्ट्याए । 
 
उनले युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन दिए । उनले आफ्नो आत्मविश्वासमा कुनै कमी नआएकोसमेत प्रष्ट पारे । 
 
प्रधानमन्त्री ओलीले सुन्दर र समृद्ध नेपालको गन्तव्य निर्धारण गरेर युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्नसमेत युवालाई आग्रह गरे । 
 
प्रधानमन्त्री ओलीले उचित विचार र दृष्टिकोणका साथ अघि बढ्न युवालाई आह्वान गरे । उनले राष्ट्र निर्माणको बाटो तय गरेर अघि बढ्न युवा संघलाई आग्रह गरे । 
 
लोकतन्त्रलाई अझै सृदृढ र समृद्ध बनाएर अघि बढ्न आगामी निर्वाचनले बाटो तय गर्ने हिसाबले आफूले निर्वाचनको मिति तय गराएको प्रधानमन्त्रीले बताए ।
 
वर्तमान अवस्थामा पार्टी भन्न लायक दल आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको जनाउँदै अध्यक्ष ओलीले अहिले पनि पार्टी एकढिक्का रहेको दाबी गरे । “पार्टी एकढिक्का छ, बाटो बिराउनेलाई भन्न चाहन्छु, आउनुहोस्”, प्रधानमन्त्रीले थपे । रासस