मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीले तत्काल राजीनामा नदिने

ओलीले तत्काल राजीनामा नदिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् ।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले प्रतिनिधिसभाको सामना गरेरै अघि बढ्ने तर तत्काल राजीनामा नदिने बताएका हुन् ।
 
उनले फैसला कार्यान्वयन गर्ने र प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।

यस्तो छ थापाको प्रतिक्रिया;

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’