मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।
 
बैठकपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शक्तिपृथकीकरण, लोकतन्त्रका मूल्यमान्यता र विधिको शासनमा विश्वास गर्ने जनाउँदै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिने जानकारी दिए । उनले सर्वोच्च अदालतको फैसला सधैँभरि अपेक्षित नहुने र  अवाञ्छित परिमाण नै दिन्छन् भन्ने पनि नरहेको बताए । 
 
“हाम्रो चिन्ता र नेपाली जनताको चाहना स्थिर सरकार, स्थायी नीति र मुलुकमा बलियो राजनीतिक स्थायित्व नै रहेको छ । यी कुरालाई फैसलाले बल पु¥याउँछ वा मुलुक भोलिका दिनमा अस्थिरतातर्फ जान्छ भन्ने कुरा पर्खनुपर्दछ”, उनले बैठकपछि भने । 
 
पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने र त्यसबाट आवश्यक सुझाव लिइने तथा नेकपाले देशका विभिन्न ठाउँमा राखेका कार्यक्रमको स्वरुप परिवर्तन गरेर निरन्तरता दिने निर्णय गरिएको जानकारी उनले दिए ।
 
संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । “संसद् निर्धारित समयमा नै आह्वान हुने पनि उनले जानकारी दिए । “मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक र नीतिहीन गठबन्धन बन्छ । त्यसैले पहिले जे कारणले संसदीय व्यवस्थाप्रति  आलोचना र जनतामा वितृष्णा बढ्यो, त्यो स्थिति फेरि नहोस् भन्नाका लागि मुलुकले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल गर्छौँ”, उनले भने । 
 
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनाबारे विभिन्न दलसँंग छलफल मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने जानकारी दिए । उनले मुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्नुहुन्छ भने ।  
 
“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसदमा प्रधानमन्त्रीका लागि चुनाव गर्नुप¥यो,” उनले भने,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”
 
प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ । रासस