प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् ।     सर्वोच्च अदालतमा आइतबकार आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद् माथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावनानुरुप नभएको उनको जवाफमा उल्लेख छ ।   …