काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सामूहिक भावनाले गरे जुनसुकै काम पनि सम्भव हुने बताएका छन् । हिउँद याममा विश्वकै दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर) को पहिलो पटक सफल आरोहण गरेर फर्केका नेपाली टोलीलाई नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित सम्मान कार्यक्रममा उनले केटु हिमाल आरोहणले नेपाल र नेपालीको गौरव बढाएको बताए । …