मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल

लोकतन्त्र र कांग्रेस सङ्कटमा छ : वरिष्ठ नेता पौडेल


गलकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन् । बागलुङमा नेपाल शिक्षक संघले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्नेमा जोड दिए ।  
 
“लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भने, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।” उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताए । 
 
कम्युनिस्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आकर्षित हुन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गरे । 
 
“अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भने, “जनस्तरबाटै उपचार विधि खोजौँ ।” उनले राष्ट्रको सङ्कट बचाउन कांग्रेस सक्षम भए पनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताए । उनले देशको हित हुन्छ भने देउवाको नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताए ।   
 
शिक्षकले विद्यार्थीलाई संविधान पढाउन सक्नुपर्ने भन्दै संविधान पढाएपछि कांग्रेसमा आउ भन्नै नपर्ने उनको तर्क छ । यसो भन्दैमा विद्यालयलाई राजनीति गर्ने थलो नगराउन नेता पौडेललेको भनाइ छ ।