मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल र खनाल समूहलाई अलमल नगरी फर्किन प्रधानमन्त्रीको आग्रह

नेपाल र खनाल समूहलाई अलमल नगरी फर्किन प्रधानमन्त्रीको आग्रह


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । 
 
पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराए ।
 
उनीहरु (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भने, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।”
 
शुक्रबार माओवादी केन्द्रमा रहेका नेता÷कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्”, उनले भने । उनले केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत बताए ।
 
उनले सके प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिए । प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुईतिहाइका साथ सिंहदरको मूलढोकाबाट प्रवेश गर्ने प्रधानमन्त्री ओलीको जिकिर थियो । उनले प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएकोसमेत बताए । 
 
“सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ”, प्रधानमन्त्रीले थपे । उहाँले आफ्नो गन्तव्य सत्ता नभई समृद्ध नेपाल र सुखी नेपाली बनाउनु रहेको योजना सुनाए । प्रधानमन्त्री ओलीले एउटा शक्ति दुईतिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालाटुली जोडेर टाले सरकार बनाउन उद्दत रहेको र उनीहरु प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिरहेका बताए । उनले अस्थिरताको खेल खेल्ने र बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्वलाई जनताले सबक सिकाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले उनीहरुको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरुका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाए ।
 
मुलुकमा नक्कली लोकतन्त्रवादीहरु सक्रिय रहेको र उनीहरुले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुप¥यो, तपाईँले प्रधानमन्त्री खाइदिनुप¥यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रष्ट पारे । उनले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिए ।
 
उक्त समारोहमा उपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरताको घीनलाग्दो खेल सुरु भएको र समाजमा अराजकता तथा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेकाले त्यसप्रति सचेत हुन आग्रह गरे ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको विचार, राजनीति र कार्यदिशा नै उपयुक्त भएको बताए । उनले आफू सांसद् पद छाड्न तयार रहेको तर अहिलेको कार्यदिशा नछाड्ने प्रतिबद्धता जनाए । रासस