चितवन । चितवनमा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिसहरु मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश…