मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहुमतको सरकार गठनका लागि आह्वान गर्न तीन दलको राष्ट्रपतिसमक्ष आग्रह

बहुमतको सरकार गठनका लागि आह्वान गर्न तीन दलको राष्ट्रपतिसमक्ष आग्रह


काठमाडौँ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेका छन् । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गरेका हुन् । 
 
‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारीे गरेको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

शेयर गर्नुहोस:

783
Shares