मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा मंगलबार थपिए ९४८३ जना संक्रमित, एकैदिन सर्वाधिक २२५ जनाको निधन

नेपालमा मंगलबार थपिए ९४८३ जना संक्रमित, एकैदिन सर्वाधिक २२५ जनाको निधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालमा मंगलबार थप ९४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा २१ हजार ३१६ जनाको पिसिआर परीक्षणका क्रममा ९४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप २२५ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयको भनाइ छ । यसैबीच, सोमबार १३९ जनाको मृत्यु भएको थियो भने आइतबार ८८ जनाको मृत्यु भएको थियो ।  
 
नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४०८४ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७५.५३ प्रतिशत अर्थात् ३ लाख १२ हजार १९ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । मंगलबारसम्म देशभर ९९ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ४४८ जना रहेका छन् । 
 
यसैबीच, काठमाडौँ उपत्यकामा ३९२७ जना कोरोना संक्रमित थपिएकोमा काठमाडौँका २७८८, ललितपुरका ६०२ र भक्तपुरका ५३७ जना रहेका छन् ।