मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार थपिए ८८५० जना संक्रमित, ८८ जनाको निधन

आइतबार थपिए ८८५० जना संक्रमित, ८८ जनाको निधन


काठमाडौँ । नेपालमा गत चौबीसघन्टामा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १८ हजार ७८७ पिसिआर परीक्षण गरिएकोमा ८७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी कुल ८८५० पुष्टि भएको हो । 
 
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८८ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु भएकामध्ये विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएर सरकारी तथ्यांकमा समावेश नभएका थप २६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२० पुगेको छ । 
 
आइतबारसम्म कुल ८८ हजार १६० जना सक्रिय संक्रमित रहेकोमा ८१ हजार ४३० जना होम आइसोलेसन र ६७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । 
 
यस्तै, आइतबार ४०२२ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ७६.७२ अर्थात् ३ लाख २ हजार ७८७ जना रहेका छन् ।

शेयर गर्नुहोस:

0
Shares