दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताएका छन् । कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै…