मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिहीबार थप २४७४ जनामा कोभिड पुष्टि, २४ जनाको निधन

बिहीबार थप २४७४ जनामा कोभिड पुष्टि, २४ जनाको निधन


काठमाडौँ । नेपालमा थप दुई हजार ४७४ मा कोभिड–१९ मा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सात हजार २३५ जनाको पिसिआर तथा चार हजार ९९७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ५७७ र ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 
पछिल्लो २४ घन्टामा देशभर २४ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५१८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 
नेपालमा सङ्क्रमितको निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ७० हजार ९५८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

शेयर गर्नुहोस:

54
Shares