पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ ।    न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश दिएको हो ।   आदेशमा मन्त्रिपरिषद्को २०६६ चैत २९, २०६७…