मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीपहिरा प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग

बाढीपहिरा प्रभावितलाई अमेरिकामा बस्ने नेपालीद्वारा सहयोग


सिन्धुपाल्चोक । मेलम्ची–इन्द्रावती बाढी प्रभावितलाई अमेरिकामा बसोवास गर्ने नेपालीले आर्थिक सहयोग जुटाएका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा त्यहाँ रहेका ३५ जनाबाट रु पाँच लाख ७७ हजार सङ्कलन गरिएको थियो ।  
 
सो रकम आज रामकृष्णकी सुपुत्री सुजता श्रेष्ठ सहित दिनेश श्रेष्ठ र प्रकाश अधिकारीले मेलाम्ची नगर प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गरे । यस रकममध्येबाट रेडियो मेलम्चीलाई रु ७७ हजार प्रदान गरिएको छ । रकम बुझ्दै नगर प्रमुख  अर्यालले  सबैको सहयोगले मात्र बाढी प्रभावितलाई व्यवस्थापन गर्न सकिने र सहयोगका हात जारी राख्न आह्वान गरे । 
 
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले यस किसिमको सहयोगले पुनः रेडियो सञ्चालनमा मद्दत पुग्ने बताए । बागमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङ, मेलम्ची –११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको पनि सहभागिता रहेको थियो । रासस

शेयर गर्नुहोस:

27
Shares