काठमाडौँ । नेपालमा विगत २४ घन्टामा २०१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९८१० परीक्षणमा २०१६ जनामा सङ्क्रमण देखिएको हो ।
यो सङ्क्रमणसँगै नेपालमा कुल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।
यस्तै, शनिबार सङ्क्रमण मुक्त भई ४९१४ जना घर फर्किएका छन् । योसँगै कुल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।
यस्तै, विगत २४ घन्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन् । अहिलेसम्म सङ्क्रमणका कारणले ८९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।
यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियू) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियूमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, बागमतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा नौ रहेका छन् ।
भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, बागमतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिममा चार रहेका छन् । होम आइसोलेसनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेसनमा दुई हजार ८२५ जना रहेका छन् । रासस







प्रतिक्रिया