काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याएका छन् ।
अन्तर्राष्ट्रिय लागूऔषध दिवस २०२१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री पौडेलले नेपालको जनसाङ्खिक लाभको रूपमा रहेको युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिको परिचालन अपरीहार्य रहेको समेत बताए ।
मानव जीवन र सभ्यतामा नकारात्मक असर पु¥याउने लागूऔषध उत्पादन, बिक्री, वितरण, प्रयोग र प्रभावलाई निस्तेज गर्न संयुक्त राष्ट्रसंघको महासभाबाट सन् १९८७ मा घोषणा भई जुन २६ अर्थात् आजकै दिन लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा लागूऔषधरहित परिवार स्वस्थ जीवनको आधार रहेको छ ।
संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ अनुसार प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औषत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ ।
मुख्यतः प्रयोगकर्ता युवा, किशोर र किशोरीका सङ्ख्या बढ्दै जानु चिन्ताको विषयमा भएको भन्दै गृहमन्त्री पौडेलले लागूऔषध सामाजिक र आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको उल्लेख गरेका छन् ।
‘राष्ट्र विकासमा समाहित हुने युवाका ठूलो हिस्सा साथीभाइको सङ्गत, पारिवारिक समस्या र मनोसामाजिक समस्याका कारण दुव्र्यसनमा फसिरहेका छन्, यसले सामाजिक अपराधसमेत बढाइरहेको छ’, सन्देशमा गृहमन्त्रीले भनेका छन् ।
उनले लागूऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रण गरी सभ्य समाज निर्माणमा उद्देश्यले गृह मन्त्रालयले यसको माग घटाउन सङ्कटापन्न क्षेत्रमा सचेतनामूलक तथा क्षमता विकास र सामाजिक पुनःएकीकरणसम्बन्धीका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
यसका साथै आपूर्ति नियन्त्रण, जोखिम न्यूनीकरण, अनुसन्धान र विकास तथा सहकार्य र साझेदारीका क्षेत्रमा समयानुकूल नीति तथा कार्यक्रम, रणनीति र योजना तयार पारी कार्यान्वयन गरिएकोसमेत मन्त्री पौडेलले बताए ।
दिवसको सन्दर्भमा गृहसचिव महेश्वर न्यौपानेले सन्देश जारी गर्दै दुव्र्यसनले जटिल रोगको समस्याका साथै अकाल मै मृत्यु हुने, परिवारको बोझ बन्ने, आर्थिक दुरावस्थाले पारिवारिक विचलन हुने अवस्था हुँदाहुँदै पनि युवा वर्ग दुव्र्यसनमा फस्ने गरेको जानकारी दिए । उनले यसको नियन्त्रणका लागि सामूहिक ऐक्यवद्धता, सहकार्य र समन्वयसहितको साझा प्रतिबद्धता जरूरी रहेको औँल्याए ।
उनले नयाँ सोच र रणनीतिका साथ, तीनै तहका सरकार र सबै निकायको सामुहिक रूपमा प्रतिबद्ध भई नियन्त्रण कार्यमा अघि बढ्न समेत अनुरोधसमेत गरेका छन् । मन्त्रालयबाट पप्त विवरणअनुसार नेपालमा हाल प्रयोगकर्ताको संख्या एक लाख ३० हजार ४२४ पुगेको छ ।







प्रतिक्रिया