काठमाडौँ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आज बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको काठमाडौँका प्रमुख…