निजगढलाई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल

बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले निजगढ विमानस्थललाई देशको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाउने सरकारको योजना रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत पर्यटन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन। उनले निजगढ विमानस्थल निर्माणको योजना नीतिमा मात्र सीमित नहुने प्रष्ट…