नेपाल

शवको डिएनए परीक्षण गर्न भारतबाट फरेन्सिक टोली नेपालमा

शवको डिएनए परीक्षण गर्न भारतबाट फरेन्सिक टोली नेपालमा


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका व्यक्तिको डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट फरेन्सिक विशेषज्ञहरूको टोली नेपाल आइपुगेको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार १८ जना विशेषज्ञ सम्मिलित टोली नेपाल आएको हो। टोलीले शवको वैज्ञानिक परीक्षण तथा पहिचान प्रक्रियामा नेपाली निकायलाई प्राविधिक सहयोग गर्नेछ।

Advertisement

बाढीमा ज्यान गुमाएकाहरूको शव प्राप्त हुने क्रम जारी रहेकाले पहिचान र व्यवस्थापनलाई व्यवस्थित बनाउन फरेन्सिक जनशक्ति तथा आवश्यक सामग्री परिचालन गरिएको हो।

सचिव राईले शव सुरक्षित रूपमा राख्न हावा नछिर्ने ‘एयरटाइट’ शव थैली प्राप्त भइसकेको र थप थैली आपूर्तिको क्रममा रहेको जानकारी दिए।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका व्यक्तिको खोजी, शव संकलन तथा पहिचानको काम सम्बन्धित निकायले निरन्तर अघि बढाइरहेका छन्।