प्रहरी अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाउँदैछौँ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी अनुसन्धानलाई प्रमाणमुखी, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सुधारका काम अघि बढाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा धारणा राख्दै आइजिपी कार्कीले आधुनिक प्रविधि, दक्ष जनशक्ति र संरचनागत सुधारमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार लामो समयदेखि फरेन्सिक…