चितवन । रसुवाको भोटेकोशी विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म एक हजार २५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार बिहान ९ः०० बजेसम्मको अद्यावधिक विवरणअनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासीपूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ शव फेला परेका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार रसुवाका एक हजार १४७ र नुवाकोटका ३ हजार १४५ गरी कुल ४ हजार २९५ जनाको उद्धार गरिएको छ । बाढीबाट अझै चार हजार २१६ जना सम्पर्कविहीन छन् ।
चितवनमा फेला परेका ३५५ शवमध्ये पहिचान नभएका ३३५ शवको व्यवस्थापन गरिएको, पहिचान खुलेका १२ शव आफन्तले सनाखत गरी बुझेको र ८ शव भरतपुर अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया