मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

२६ औँ विवाह वर्षगाँठमा खाद्यान्न सहयोग

२६ औँ विवाह वर्षगाँठमा खाद्यान्न सहयोग


हेटौँडा । हेटौँडा–१० स्थित आशिष बेकरी उद्योगका प्रमुख ज्ञानेन्द्र ढकाल र श्रीमती पुनम ढाकालले आफ्नो २६ औँ विवाह वर्ष गाँठको अवसरमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरी आफ्नो खुसी बाँड्का छन् । 
 
मकवानपुर उद्योग वाणिज्य संघका सदस्य अनिल अग्रवाल, आफ्नो छोरा बुहारी र छोरीको साथमा आई दुई बोरा चामल, तेल, दाल, पाउरोटी, बिस्कुटलगायतका सामग्री आश्रमका अभियन्ताहरूलाई हस्तान्तरण गर्दै मानवीय सेवाको कार्यले आफू प्रभावित भएको र पछिका दिनहरूमा पनि सहयोगी हातहरु बढाइरहने बताए । 
 
अमेरिकाबाट खाद्यान्न सहयोग
 
यसैगरी कावासोती–२, नवलपरासी घर भई हाल वोस्टन, अमेरिकामा रहेका होमज्योति अधिकारी र भर्जिनियामा रहँदै आएका तुलसीराम अधिकारी, अर्चना अधिकारी र अरबिन अधिकारीले ७०,५१८ (सत्तरी हजार पाँच सय अठार) प्रेमस्वरूपको सहयोग रकम पठाएका छन् । 
 
मानवसेवा आश्रम मागेरसमेत खान नसक्ने, अशक्त, अनाथ, अपाङग, असहाय एवम् मानसिक सन्तुलन गुमाएर सडकका पेटीहरूमा कष्टकर जीवन यापनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी व्यक्तिहरूको सेवामा विगत ३३ महिनादेखि सेवामा जुटिरहेको छ । 
आश्रममा ६० जना लक्ष्मीनारायण आश्रित छन् ।