मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनको आन्दोलन शान्तिपूर्ण बनाउने थारु समुदायको प्रतिवद्धता

चितवनको आन्दोलन शान्तिपूर्ण बनाउने थारु समुदायको प्रतिवद्धता


चितवन । चितवनमा आन्दोलनको नेतृत्व गरिरहेका थारु अगुवाहरुले जिल्लामा हुने आन्दोलन कुनै पनि हालतमा हिंसात्मक नहुने प्रतिवद्धता जनाएका छन् । 
 
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले मंगलबार बिहान डाकेको जिल्लास्तरीय सर्वपक्षीय बैठकमा बोल्दै चितवनका थारु समुदायका अगुवाहरुले हालसम्म पनि आफूहरु संयमित भएको र अबको दिनमा हुने आन्दोलन पनि शान्तिपूर्वक नै हुने जनाएका छन् ।
 
मंगलबार बिहान भएको बैठकमा बोल्दै थारु कल्याणकारी सभा चितवनका सभापति बिसुराम महतोले चितवन जिल्लामा कुनै पनि बहाना वा परिस्थितिमा आन्दोलनलाई हिंसात्मक रुप नदिने बताए । सोही बैठकमा बोल्दै थारु कल्याणकारी सभा चितवनका सल्लाहकार टिकेन्द्र चौधरीले आन्दोलनलाई संयमित बनाउन प्रहरी प्रशासनको पनि उत्तिकै सहयोग आवश्यक पर्ने बताए ।
 
नेपाल आदिवासी जनजाति महासंघ चितवन अध्यक्ष पदमबहादुर गुरुङले आफ्नो माग र अधिकारबारे शान्तिपूर्वक तरिकाले आन्दोलन गर्दा कहिलेकाहीँ पुलिस प्रशासनबाटै आन्दोलन दबाउने काम भएको भन्दै आन्दोलन भड्काउन उनीहरु नै लागिपर्ने गरेको आरोप लगाए । 
 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आफ्नो मागहरु सरकारसमक्ष प्रस्तुत गर्नु स्वभाविक भए पनि आन्दोलनको नाममा जिल्लाको साम्प्रदायिक भावनामाथि कसैले पनि ठेस लगाउन नहुने बताए । 
 
देशका विभिन्न भूभागमा पछिल्लो समय अधिकारका लागि भएको आन्दोलनहरु हिंसात्मक बन्दै गएकोप्रति चितवनका राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुले चासो व्यक्त गरेका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय कार्यक्रममा बोल्दै नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले जिल्लामा हार्दिकता कायम गर्नसके सवैको साथ र समर्थन पाइने भन्दै आन्दोलनकारीहरुलाई संयमित भई आफ्नो माग र अधिकारबारे सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।