मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेना परिचालनप्रति राष्ट्रपति असन्तुष्ट

सेना परिचालनप्रति राष्ट्रपति असन्तुष्ट


काठमाडौं । कैलालीमा भएको हिंसात्मक घटनापछि सरकारले कैलालीसहित केही जिल्लाको सुरक्षा जिम्मा सेनालाई दिएको भनिएपछि राष्ट्रपति डा।रामवरण यादव असन्तुष्ट बन्नुभएको छ । दंगाग्रस्त क्षेत्रमा सेना खटाउँदा आफूलाई नसोधिएको र आफ्नो क्षेत्राधिकारभित्रको शब्द संसदमा बोलको भन्दै राष्ट्रपति रामबरण यादव असन्तुष्ट बन्नुभएको हो ।
 
उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले कैलाली घटनाबारे व्यवस्थापिका संसदमा बोल्दा ‘सेना परिचालन’ गरिएको भनेकोप्रति उहाँले असन्तुष्टि जनाउनुभएको हो । अन्तरिम संविधानअनुसार सेना परिचालन गर्ने अधिकार राष्ट्रपतिलाई हुन्छ । तर, संसदमा बोल्दा गृहमन्त्रीले दंगाग्रस्त क्षेत्र घोषणासँगै सेना परिचालन गरिएको बताउनुभएको थियो ।