मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कैलालीमा दंगा कायमै, सभासद्को घरमा आगजनी

कैलालीमा दंगा कायमै, सभासद्को घरमा आगजनी


कैलाली । कैलालीमा प्रशासनले कफ्र्यु आदेश जारी गरे पनि स्थानीयहरुले थारु कल्याणकारिणी सभाका क्षेत्रीय सभापति रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायतमा आगजनी गरेका छन् ।
 
स्थानीयको भीडले फोरम लोकतान्त्रिकका सभासद् जनक चौधरीको घरमा आगजनी गरेका छन् । कैलाली क्षेत्र नम्बर १ का सभासद् चौधरीको घरमा आन्दोलनकारीले लगाएको आगो सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । टीकापुरको ब्लक नम्बर ६ मा रहेको चौधरीको घरमा कर्फ्यूबीच पनि प्रदर्शन गर्दै आएका अराजक समूहले आगजनी गरेका हुन् ।
 
यस्तै,  थरुहट संघर्ष समितिका अगुवा रेशम चौधरीले सञ्चालन गरेको फूलबारी एफएम र फूलबारी रिसोर्टलगायत बजारमा रहेका २ वटा घुम्ती पसलमा पनि आगजनी गरेका छन् । यस्तै, धनसिंहपुर ४ र टीकापुरको बनगाउँमा केही घरहरु जलाइएको छ । कर्फयू अवज्ञा गर्दै आक्रोशित भीडले बिहान साढे १० बजेतिर विभिन्न ठाउँमा आगजनी गरेका हुन् ।