मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह


काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीलाई आमरण अनसन  तोड्न आग्रह गरेको छ । 
 
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी मुलुक नयाँ संविधान निर्माणको अन्तिम चरणमा पुगेको वर्तमान अवस्थालाई मध्यनजर गरेर जारी अनसन तोड्न आग्रह गर्नुभएको हो । 
 
डा केसीले सुरु गर्नुभएको आमरण अनसनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले शैक्षिक प्रतिष्ठान र विश्वविद्यालयलाई राजनीतिक रुपमा हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 
पूर्व उपकुलपति केदारभक्त माथेमाको प्रतिवेदनको कार्यान्वयनको थालनी गरिसकेको जानकारी गराउँदै सचिव सुवेदीले अनसनरत केसीले उठाएका अधिकांश माग पूरा हुने चरणमा रहेको उल्लेख गर्नुभएको छ ।
 
चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका विकृति र विसङ्गति हटाई गुणस्तरीय, पहुँचयोग्य र दक्ष स्वास्थ्य जनशक्तिको उत्पादनबाट नागरिकको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारका लागि डा केसी अनसन बस्दै आउनुभएको छ । रासस