मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कपिलवस्तुमा निषेधित क्षेत्र एक साता थपियो

कपिलवस्तुमा निषेधित क्षेत्र एक साता थपियो


कपिलवस्तु । मधेसी मोर्चाको आन्दोलनका कारण जिल्लाको जनजीवन १६ दिनदेखि पूर्ण प्रभावित बनेको छ । 
चितवनदेखि कञ्चनपुरसम्मका जिल्लालाई थरुहट तराई प्रदेश बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले लगातार १५ औँ दिन पनि कपिलवस्तु जिल्ला ठप्प पारेका छन् । बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका स्थल पूर्णरुपमा प्रभावित बनेका छन् । 
 
जिल्ला प्रशासन कार्यालयको करिब २५० मिटरको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको एक हप्ता वितेपछि आज पुनः सुरक्षा समितिको बैठकले जिल्ला प्रशासन चोक आसपासको क्षेत्रलाई एक हप्ताका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । 
 
बन्दका कारण कृष्णनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत सरकारी कार्यालय पनि प्रभावित बनेका छन् । जिल्लामा करकारखाना, उद्योग धन्दा, शिक्षण संस्था, यातायात पूर्णरुपमा ठप्प रहेका छन् । हिंसात्मक रुपमा अघि बढेको आन्दोलनलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रशासन कार्यालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 
 
जिल्लामा आन्दोलनलाई हिंसात्मक हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले बताउनु भयो । 
 
आन्दोलनरत मोर्चाका कार्यकर्ताले जिल्ला सदरमुकाम तौलिहवा कृष्णनगर चन्द्रौटालगायतका स्थलमा भने दिनहुँ जसो प्रदर्शन गरिरहेका छन् । कैलाली घटनापछि आन्दोलनकारीहरु पनि केही शान्त भएको र स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था अपनाएको छ । रासस