बूढीगण्डकीले तीनहजार परिवार विस्थापित हुने

धादिङ । बहुचर्चित १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट  प्रभावित हुनेहरुको टुंगो लागेको छ । आयोजना विकास समितिले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार ८ हजार एक सय १७ परिवार आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने छन् । प्रभावितमध्ये ३ हजार ५ सय ६० परिवार पुर्णरुपले विस्तापित हुने भएकाले उनीहरुलाई उचित मुआब्जासहित अन्यत्रै स्थानान्तरण गरिनु पर्ने आयोेजनाले जनाएको छ…