मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको ध्यानाकर्षण गर्न नयाँ शक्तिको धर्ना

सरकारको ध्यानाकर्षण गर्न नयाँ शक्तिको धर्ना


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले आइतबार विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्न धर्ना कार्यक्रम गरेको छ ।  
 
भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि अनुदान रकम दिन ढिलाइ गरिएको, कालोबजारी नियन्त्रण नगरिएको तथा मधेस समस्या समाधानका लागि चासो नदिइएको भन्दै नयाँ शक्तिले काठमाडौंको भद्रकालीमा धर्ना दिएको हो । 
 
संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्तिका नेता तथा कार्यकर्ता भद्रकालीमा दुई घण्टासम्म धर्नामा बसे । 
 
नाकाबन्दी हटेको दुई महिना भइसक्दा समेत उपभोक्ताले खाना पकाउने एलपीजी ग्यास सहज रुपमा पाउन नसकेको तर यस विषयमा सरकार रमिते जस्तो देखिएका कारण दबाब सिर्जना गर्न धर्नामा बसेको संयोजक डा। भट्टराईले बताए । 
 
नयाँ शक्तिले वर्षा नजिकिएका कारण भुकम्प प्रभावितहरुलाई राहत रकम दिलाउने मामिलामा गम्भीर हुन सरकारसँग आग्रह गरेको छ । उसले मधेसमा देखिएका समस्यालाई मधेसको मात्र नभई राष्ट्रिय समस्याको रुपमा लिई समाधानका लागि तत्काल वार्ता र संवाद गर्न गर्न पनि आग्रह गरेको छ ।