मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अबको प्राथमिकता आर्थिक विकास : प्रधानमन्त्री

अबको प्राथमिकता आर्थिक विकास : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको बताउनुभएको छ ।
 
नेपाल उद्योग वाणिज्य महासङको ५० औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्दै उहाँले आर्थिक विकासका लागि जनसङ्ख्याको हिसाबले करिब ७० प्रतिशत अर्थात् दुई तिहाइ कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यापारीकरण गर्नुपर्ने र कृषिमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
 
“हामीले संविधानमा सबैका अधिकार सुनिश्चित गरेका छौँ, त्यसैले अबको सङ्घर्ष राजनीतिक अधिकार प्राप्तिका लागि होइन, आर्थिक, उन्नति, विकास वा आर्थिक समृद्धिको चरणमा अगाडि बढ्नुपर्छ” –प्रधानमन्त्री ओलीले भन्नुभयो । उद्योग व्यवसायको सन्दर्भमा बनेका पुराना ऐन÷कानुनले आजको आवश्यकता पूर्ति गर्न नसक्ने भन्दै उहाँले त्यसलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
 
ऐन÷कानुन परिमार्जनका लागि सरकारले काम अगाडि बढाइसकेको र स्वस्थ समाज निर्माणका लागि भ्रष्टचार अन्त्यमा सहयोग गर्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । “भारत भ्रमण वा चीन भ्रमण होस् नेपालको औद्योगिकीकरण, व्यापारीकरण, व्यवसायीकरण वा आधुनिकीकरण गर्ने जस्ता कुरालाई अगाडि बढाउने प्रसङ्गमा केही काम गरेका छौँ, आधार तयार भएको छ”–उहाँले भन्नुभयो ।
 
महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारले कानुन उल्लङ्घनको नाममा उद्योगी– व्यवसायीलाई नियन्त्रणमा लिनुअगाडि उनीहरूलाई पर्याप्त स्पष्टीकरणको मौका दिइनुपर्ने माग गर्नुभयो । “मुलुकमा अहिले पनि लगभग ६ दशकअगाडि बनेको अत्यन्त नियन्त्रणमुखी कालोबजारी ऐनलाई अगाडि सारेर सरकारले उद्योगी–व्यवसायीमाथि कारबाही गरिरहेको छ” उहाँले भन्नुभयो ।
 
विसं २०२२ मा स्थापना भएको महासङ्घले पाँचधर उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, कालीकोट उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रूपन्देही, उद्योग सङ्गठन मोरङलगायत करिब तीन दर्जन सङ्घसंस्थालाई सम्मान गरेको छ ।
 
त्यसैगरी महासङ्घले नेपाल आर्थिक पत्रकार समाज ९सेजन०लाई नगद पुरस्कारसहित सम्मान गरेको छ । ५० औँ प्रवेश गरेको अवसरमा महासङ्घले नयाँ वर्ष २०७३ सालको वर्षैभरि विविध कार्यक्रम गरी मनाउने समेत घोषणा गरेको छ ।