मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपहरित बालकले भागेर ज्यान बचाए

अपहरित बालकले भागेर ज्यान बचाए


महोत्तरी । सर्लाहीका एक बालकले अपहरणकारीको फन्दाबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । 
 
मोटरसाइकलमा आएका अपरिचित दुई मोटरसाइकलमा आएका चार युवकले ‘आमा बिरामी छिन्’ भनी झुक्याएर सर्लाही ढुङ्ग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसेकुमारलाई आज आइतबार बिहान अपहरण गरेर लगेका थिए ।
 
विद्यालयमा पढ्न गएका समयमा सो व्यक्तिले आमा बिरामी अवस्थामा सुख्खे पोखरीस्थित अस्पतालमा भर्ना भएको भनी झुक्याउँदै आफूसँग लगेको बालकले बताएका छन् । मोटरसाइकलमा बसाएर ती व्यक्तिले बालकलाई पूर्व–सर्लाहीको एक जङ्गलमा लगेर आफूलाई आँखामा पट्टी बाँधिदिएको उनले बताएका छन् । 
 
अपहरणकारी एकापसमा गफिन थालेपछि उनीहरुको आँखा छलेर भागेको बालकले बताएका छन् । उनी भागेर जङ्गलमा दाउरा सङ्कलन गर्दै गरेको महिलाकहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको उनले बताए । 
 
बालकका अनुसार आफू भागेको थाहा पाएपछि अपहरणकारीले सुन-सुन भन्दै दौडेर बोलाउन आएका थिए । सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अवस्थाबारे स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
 
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार सिंहका अनुसार चिन्तित मुद्रामा रहेका बालक अहिले सुरक्षित छन् । बालकका आफन्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जीवन गिरीले बताए । रासस